पोखराको हेम्जामा ३५ घर डुबानमा
पाेखरा | असार ११, २०७९
तस्विर : साभार
पोखरा : शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा २५ हेम्जाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् ।
पोखरा महानगरपालिका २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाका अनुसार ६०० घर प्रभावित भएका छन् । थुप्रै घरका मानिसलाई अन्त सार्नुपरेको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
घर गोठ र कृषि फर्महरु बाढीको डुबानमा परेका छन् । वरिपरिका डाँडाबाट पहिरो पनि खसेको छ । राति ११ बजेदेखि नै घरहरु डुबानमा परेर ती घरका मानिसहरु आफन्तकहाँ र वरपरका सार्वजनिक स्थानमा सर्नुपरेको जानकारी वडाध्यक्ष तिमिल्सिनाले दिए ।
सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु पुरिएका थिए । अहिले भने विस्तारै पानी घट्दै गइरहेको वडाध्यक्ष तिमिल्सनाले बताए ।
यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

